प्रदेश प्रहरी प्रमुख पुडासैनी परिवारद्रुारा वृद्धाश्राममा कम्बल वितरण



सागर थापा, दाङ २९ पुस।
रुपन्देहीको बसन्तपुर स्थित श्री सत्य साई वृद्धाश्राममा रहेका वृद्धवृद्धाहहरुलाई सहयोग गरिएको छ ।
काठमाण्डौबाट विभिन्न स्थान हँुदै लुम्बिनी तिर्थ भ्रमणमा आएका अर्जुन प्रसाद पुडासैनी, नवराज पुडासैनी, माधव प्रसाद घिमिरे, लवराम दाहाल, होमनाथ खतिवडा, विनोद पुडासैनी र ५ नं। प्रदेश प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनी समेतको आठ घर परिवारद्वारा उक्त वृद्धाश्रममा रहेका २५ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा र २५ थान कम्बल वितरण गरिएको छ ।

साथै कार्यक्रममा सि।न।पा।४ स्थित बुद्ध सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्री विरेन्द्र श्रीवास्तवलाई ९० थान कम्वल हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा बृद्धाश्रम सञ्चालक, बुद्ध सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी र समाजसेवी गरी ६५ जनाको उपस्थिति रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्