माघ २६, तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान कोषाध्यक्ष डिल्ली बहादुर ओलीले आफु नै बाणिज्य उपाध्यक्षको लागि सक्षम रहेको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।कोषाध्यक्ष डिल्ली बहादुर ओलीले आफु नै बाणिज्य उपाध्यक्षको लागि सक्षम रहेको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
बिगत सात बर्षदेखि संघमा आवद्ध रहेर विभिन्न पदमा रहेर काम गरेको अनुभव र कार्यदक्षताका हिसाबले आफु नै बाणिज्य उपाध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको दाबि गरेका छन् ।
‘उद्योग बाणिज्य संघ सबै ब्यवसायीको साझा संस्था हो ।,’ ओलीले भने ‘ म कसैलाई पनि छोड्दिन र यसमा पार्टीको आस्थासँग जोड्ने काम गर्नुहुदैन ।’
ओलीले नेकपा पार्टीले आफुलाई तुलसीपुर उद्योग बाणिज्य संघको बाणिज्य उपाध्यक्षका लागि टिकट नदिए पनि आम ब्यबसायीले आफुलाई मत दिने बिश्वास समेत व्यक्त गरेका छन् । उनले भने–‘ बाणिज्य उपाध्यक्ष जित्ने मैले नै हो र पार्टीले टिकट कस्लाई दियो त्यो फरक कुरा हो ।’
उनले संघमा सकभर सर्वसहमतिमै नेतृत्व चुन्दा राम्रो हुने र त्यसबारे सबैले सोच्ने समय आएको बताए । उनले सहमतिका लागि आफु जस्तोसुकै त्याग गर्न तयार रहेको जनाए । तर,ओली नेकपा प्रचण्ड‐माधव नेतृत्व निकट ब्यवसायी भएकोले उनले अन्तिममा पार्टीको निर्णयलाई नै मान्ने पनि उनी निकट ब्यवसायीले आँकलन गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।