झुठाे आरोपमा मुद्दादर्ता भएपछि पीडित पत्रकार गुहार्दै



महेश सिंह

माघ २६,  सिरहा।   सिरहाको सुखिपुर नगरपालिका ७ स्थित बल्हि गाउँमा आफ्नै आफन्त पर्ने काका को श्रीमती साबित्री साह ले जग्गा भागबण्डा दाबी गर्दा समान्य घरायसी झैझगडा र गालीगलौज हुँदा स्थानीय त्रिबेनी साहले मलाई बाेक्सि हो भन्दै ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा साबित्री साह ले उजुरी दिएका थिए।

पीडित त्रिबेनी साह अन्यायमा परी न्यायकाे लागी कतै बाट सहारा नपाएपछी न्यायको लागि विभिन्न मिडियाका पत्रकार हरुलाई गुहार्दै पत्रकार समेलन गरेका थिए ।आफु माथी दिएको उजुरीको आधारमा प्रहरीले साह लाई पक्राउ गरी करिब १५” दिन जति अनुसन्धानको लागी थुनामा राखेका थिए ।
उक्त घटनाको बारेमा वडा अध्यक्ष बिरेन्द्र सिंह संग बुझ आफुलाई घटनाको बारेमा केहि थाहा नभएको उनले बताए । पीडित त्रिबेनी साह समान्य चिया नास्ताकाे पसल गरेर जिबिकोपार्जन गर्छन् । सबित्री साह ठेलामा पसल गरी घरपरिवार चलाउने गरेको स्थानीयले बताए । घटनाको सत्यतथ्य स्थानीय उदय नारायण महतो ,रामचन्द्र महतो ,स्यामसुन्दर महतो संग बुझ्दा यो घटनामा त्रिबेनी साह माथी झुठो आरोप लगाएर मुदा प्रकृया अगाडि बढाएको स्थानीयको भनाई छ । अहिले सिरहा जिल्ला अदालतमा मुद्दा चलिरहेको पीडितले बताए ।पीडित साह को बुबा केहि बर्ष अगाडी बितिसकेकोले जग्गामा अंश माग गर्दा यस्तो आरोप लगाएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्