माघ २७, कञ्चनपुर। विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) कञ्चनपुरले बैतडी जिल्ला, दोगडाकेदार-७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कार्वाहीको माग गर्दै बिरोध प्रदर्शन गरेको छ।
अखिल(क्रान्तिकारी ) जिल्ला समिति कञ्चनपुरको आयोजनामा बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगर र भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगर दुई स्कूल बाट निकालिएको र्याली करिब २ किलोमीटर हिँडेर कोण सभामा परिणत भएको थियो। विप्लव निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले बैतडी दोगडाकेदार-७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कार्वाहीको माग गर्दै बिरोध प्रदर्शन गरेको हो।
भागिरथि भट्टको घटना निर्मला पन्त लगायतका बाल्तकृत बालिकाको जस्तै अन्योलमा नराखी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन। वर्तमान राज्य व्यवस्था सामाजिक दलाल पुजीवादीहरुले संचालन गरिरहेका छन। उक्त सत्तालाई जबसम्म राज्य व्यवस्था दलाल पुजीवादीहरुले संचालन गर्छन तबसम्म यस्ता घटनाहरु दिन प्रतिदिन झन डरलाग्दो तरिकाले घट्दै जाने समेत बताएका छन।
उक्त व्यवस्थाका अन्त्यका विकल्प देशमा बैज्ञानिक समाजवादी व्यवस्था भएमात्र जनताले शान्ति, सुरक्षा पाउने कुरा निश्चित छ भनेर विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष ललित एसके ले बताउनु भयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।