गलकोट। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले देश अकल्पनीय खतराको मुखमा पुगेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी बागलुङ प्रचण्ड–नेपाल पक्षले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले संसद् विघटनले मुलुकलाई अस्थिरतामा लगेको तर्क गरे । पूर्वकृषिमन्त्रीसमेत रहेका नेता भुसालले जनताले धेरै दुःख गरेर निर्माण गरेको संविधान घायल भएको टिप्पणी गरे।
उनले आफू कृषिमन्त्री हुँदा सकारात्मक काम गर्न थालेको तर पूरा गर्न नसकिएको गुनासो गरे। नेता भुसालले पार्टी एकता गर्दा गरेका सम्झौता तोडिएका कारण राजनीतिक अवस्था बिग्रँदै गएको बताए।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।