प्रर्दशनको तयारीमा प्रर्शुराम



यादव सुनार
दाङ २९ पुस। कुनै बेलाको बिबादित भइ अदालत सम्म पुगेको चलचित्र प्रर्शुराम  पुनः रिलीज हुने भएको छ । चलचित्रको चलचित्रको ९९ प्रतिशत काम सकिएकोले अब छिट्टै प्रर्दशनको तयारी रहेको निर्माण पक्षले जानकारी दिएको छ ।९० लाखको लागत निर्माण भएको चलचित्र रिलिज हुने अबस्थामा रहेको कार्यकारी निर्माता सबिन प्रियासनले जानकारी दिनुभयो ।

 

चलचित्रका बारेमा बोल्दै चलचित्र निर्माता पारस बस्नेतले सबै बसेर छिट्टै छलफल गर्ने र प्रर्दशनको मिति समेत तोक्ने वताउनुभयो ।दाङका बिभिन्न स्थानमा उक्त चलचित्र छायाँङ्कन गरिएको छ ।छ जनाको लगानीमा निर्माण भएको चलचित्र प्रर्शुराम   सबै जना आफ्ना काममा ब्यस्त हुदा केही समय चलचित्र अलपत्र भएको थियो ।

 

चलचित्रमा किशोर खतिवडा, जानबी बस्नेत, शोस्ती क्षेत्री,शुसिल प्रोख्रेल, घनश्याम गिरी ,नवराज रावत आदी कलाकारहरुको भुमिका रहेको छ। दाङको धारापानी पोखरा लुम्बीनी चर्चित क्षेत्रहरुमा छायाङकन भएको उक्त चलचित्र प्रदर्शनमा आउने पनि निर्देशक एन आर घिमीरेले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्