Banner Third

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

By Thaha - Online

February 11, 2021

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ। ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ।

बुधबारको निर्णयअनुसार आयल निगमले ग्यासमा हाल कायम १ हजार ३ सय ७५ रुपैयाँलाई बढाएर १४ सय रुपैयाँ पु(याएको हो।

यसैगरी निगमले पेट्रोल-डिजेल-मटीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ।बिहीबारदेखि लागू भएको सो नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ११२ रुपैयाँ तथा डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ। निगमका अनुसार हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।