टेकबहादुर पुन
दाङ । पत्रकार किरण बिक्रम शाहका बुवा दिब्य बिक्रम शाहको छैठौं दिनको पुण्य स्मृतीमा बुधवार शोक सभा सम्पन्न भएको छ ।नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ वडा समितिको आयोजनामा शोक सभा सम्पन्न गरिएको हो । शोक सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले लोकतन्त्रको धरोहर गुमाएको प्रती दुख ब्यक्त गरे । स्व. शाहले नेपाली काँग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै समबेदना प्रकट गरे । कार्यक्रममा पुर्ब महासमिति सदस्य तथा लमही-७ का वडाध्यक्ष मोहन गिरीले समग्र वडा नम्बर ७ को अभिभावक गुमाएको प्रती दुख ब्यक्त गरे । स्वर्गीय शाह सँगको सहकार्य र समन्वय गर्दै अघि बढेको स्मरण गर्दै अहिले वडा-७ टुहुरो भएको महसुस गरे ।
नेपाली काँग्रेस लमही-७ का वडा सभापती सालिकराम चौधरीको अध्यक्षता तथा केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यमा भएको शोक सभामा महासमिति सदस्य कर्ण बहादुर बुढाथोकि, पुर्ब महासमिति सदस्यहरु मोहन गिरी, मधु न्यौपाने, प्रदेश सभासद प्रत्यासी जानकिलाल बस्नेत, क्षेत्रिय सभापती भेषराज पाण्डेय लगायतका बक्ताले शोक मन्तब्य राख्दै गहिरो समबेदना प्रकट गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस लमही-७ का वडा सचिब नारायण प्रसाद मज्गैँयाले गरेका हुन । दिब्य बिक्रम शाहको गत २३ गते निधन भएको हो । उनी रेडियो नेपालका पत्रकार किरण बिक्रम शाहका बुवा हुन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।