राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी सुरु  ५ न. प्रदेश स्तरिय मुख्य निर्वाचन अधिकृतको कार्यालय  दाङमा 



 

 

सैघाली खबर

दाङ, पौष २९ । आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी सुरु गरिएको छ । निर्वाचनका लागि पहिलो चरणमा दाङमा ५ नं. प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ५ न. प्रदेश स्तरिय मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही स्थित दाङ देउखुरी जिल्ला अदालतमा स्थापना गरीएको छ ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षता एवं नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय तोक्न सरकारले निर्देशन गरेको थियो ।

 

कार्यक्रममा नेकपा एमाले दाङका उपसचिब सुरामणि बेल्बासे, नेकपा माओबादी केन्द्र दाङका सहईन्चार्ज निर्मल आचार्य, जनमोर्चाका सचिब गणेश आचार्यले विगतका निर्वाचनहरु सभ्य रुपमा सम्पन्न गर्ने वताँउनु भएको थियो ।

प्रतिनिधी र प्रदेश सभा जस्तै राष्ट्रिय राष्ट्रियसभाको निर्वाचन पनि जिल्लामा शान्तिपुर्ण हुने विस्वास ब्यक्त गर्नुभयो ।यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्य, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सबैको रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले राष्ट्रियसभा सम्पुर्ण नेपालको चित्र देखिने खालको हुनु पर्ने बताउनुभयो । त्यसको लागि सम्पुर्ण राजनीतिक दलहरुले गम्भीर भएर उम्मेदवारहरु उठाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत तथा दाङ देउखुरी जिल्ला अदालतका न्यायधिश हेमन्त रावलले राष्ट्रिय सभा परिपक्व ब्यक्तिहरुको सभा भएको भन्दै प्रतिनिधि सभाले गरेका त्रुटिपुर्ण निर्णयलाई पनि सच्याउने सभा भएको उहाको भनाई छ । निर्वाचनको बारेमा जानकारी गराउँदै उहाले स्थानिय तह र प्रदेश सभा तहका लागि छुट्टा छुट्टै मतपत्र र निर्वाचन केन्द्रहरु रहने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतले राष्ट्रियसभा निर्वाचन प्रक्रियासँगै राष्ट्रियसभाका मतदाता प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख रहने व्यवस्था रहेको छ । प्रदेश नं ५ मा १२ जिल्ला रहेका छन् । निर्वाचन प्रक्रिया माघ ७ गतेदेखि शुरु हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको छ ।

उम्मेदवालाई निर्वाचन चिह्न माघ १५ गते प्रदान गरिने छ भने मतदान २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ । उक्त निर्वाचनको नतिजा माघ मसान्तसम्ममा सार्वजनिक हुने जानकारी दिइएको छ । नेपाल बारका जिल्ला अध्यक्ष प्रदीप गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अदालतका भुपाल भण्डारीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्