Gagan Thapa

Banner First

झाँक्रीको पक्राउपछि गगन थापाको आक्रोश– सरकार झ्यालखानाको संख्या थप

By Thah Online

February 11, 2021

माघ २९,काठमाङाैं। झाँक्रीको पक्राउपछि गगन थापाले सरकार झ्यालखानाको संख्या थप भन्दै आक्रोश ब्यक्त गरेका छन् । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेतागगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।

केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् । उनले उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले लेखेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’