Banner First

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

By Thah Online

February 11, 2021

कृष्ण भट्ट धादिङ

माघ २९ , काठमाडौँ। धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। धादिङ धुनिबेशी नगरपालिका स्थित खानीखोला सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा आगलागी भएको हाे। खानीखोला सडक खण्डमा मोटरसाइकल आगलागी हुँदा उक्त मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ। गल्छी बाट काठमाडौँ तर्फ जाँदै गरेको प्र ३०२००९ प ८२३० नम्बरको मोटर साइकल र बिपरित दिशा बाट आउदै गरेको ना १ क ६५४७ ट्रक संग ठोक्किदा अनियिन्त्रित भइ  दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको धादिङबाट सहकर्मि कृष्ण भट्टले बताए ।

घटना स्थलमै मृत्यु हुनेमा डा सुरेश अधिकारी रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।