चुनावी अभियानमा गाँउगाँउमा माओवादी केन्द्र



 

जेष्ठ २६ , दाङ । आसन्न स्थानिय तहको निर्वाचनको मिति नजिकीए संगै माओवादी केन्द्रले भचुनावी अभियान लाई तिव्रता दिदै आईरहेको छ ।तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न वडाहरुमा माओवादी केन्द्रले घरदैलो तथा बिभिन्न कार्यक्रम गरिरहेको छ ।

maobadi 1 यसैक्रममा शुक्रबार तुलसीपुर उपमहानगरपालिका ७ मा चुनाबी सभा गरेको छ । सभालाई तुलसीपुर उपमहानगरपाकिाका मेयर शेशुराम भण्डारी, उपमेयर सीता वली, वडा अध्यक्ष प्रेम खनाल,लगायत सदस्यका उम्मेदवारहरु, माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष राम बहादुर दहितलगायतले सम्बोधन गरेका थिए । माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका ७ को निर्बाचन परिचालन कमिटिका संयोजक संकर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहले सिंहदरबारका सेवा गाउँ गाउमा ल्याउन पहल थाल्ने माओवादी केन्द्रलाई बिजयी गराउने हो भने नयाँ संबिधान पुर्ण रुपमा कार्यान्वयन ल्याउन सहज हुने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले राष्ट्रको हितका लागि गरेको कामको मुल्याङ्कन निर्बाचन मार्फत जनताले गर्नुपर्ने बताएका थिए ।
रनेन्द्र बिक्रम केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण भरत भट्टराईले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्