काठमाडौं। समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको बताएका छन्। डा. भट्टराईले संविधानको पालना र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने भन्दै प्रश्न गरे।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएकै आधारमा बिहीबार नेकपाकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत भट्टराईले प्रश्न गरे, ‘यो सरकारको काल आएकै हो ?’
झाँक्रीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै उनले लेखेका छन्, ‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ ! संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।