टप फिचर

रामकुमारीलाई पक्रिएर सरकारले गल्ती गर्‍यो – पूर्व मुख्यसचिव कोइराला

By Thaha - Online

February 11, 2021

नेपाल सरकारको पूर्व मुख्यसचिव विमल कोइरालाले नेकपा प्रचण्ड नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेर गल्ती गरेर गल्ती गरेको बताएका छन्। सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन्।

उनले उनको शब्द नमिलेको हुन सक्ने भए पनि भाव सही रहेको उल्लेख गरेका छन्। उनको स्वरले जनताको आवाजको प्रतिनिधित्व गरेको पनि उनले उल्लेख गरेका छन्।

यस्तो छ उनको स्ट्याटस:- ‘शब्द मिलेन होला, भाव मिलेको थियो। प्रतिनिधित्व थियो नेपाली जनताको स्वरको। पक्रेर गल्ती भयो राम कुमारी लाई।’