वैज्ञानिक शिक्षालाई ब्यवहारमा लागु गर्ने बेला आयो – थारु




सैघाली खबर
दाङ २९ पुस।एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङको घोराहीमा आठौं जिल्ला सम्मेलन घोराही उद्घाटन गरिएको छ ।सम्मेलन उद्घाटन गर्दै बिशिष्ट अतिथि प्रदेशसभा सदस्य इन्द्रजीत थारुले अब पुरानै तरीकाले शिक्षा क्षेत्र अघि नबढ्ने बताउनुभयो । संविधानले परिकल्पना गरेको निशुल्क, वैज्ञानिक र गुणस्तरीय शिक्षालाई ब्यवहारमा लागु गर्ने बेला आएको उल्लेख गर्दै उहाँले यसमा शिक्षकहरु खरो उत्रनुपर्ने बताउनुभयो ।कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेश मैनाली, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष वसन्तराज अधिकारी र महासचिव ऋषिराम चापागाइँले संघीयता कार्यान्वायानसँगै शैक्षिक क्षेत्रमा पनि उल्लेख्य सुधारको खाँचो रहेको बताउनुभयो ।

 

संगठनका जिल्ला अध्यक्ष मोहन ओलीको अध्यक्षता र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्र दाङका सहइञ्चार्ज निर्मल आचार्य, संगठनका केन्द्रीय अर्थउपमहासचिव निमबहादुर केसी, शिक्षक महासंघका अध्यक्ष अमरबहादुर खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष भागवत पौडेल, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष डिल्लीराज डिसी, अखिल नेपाल शिक्षक संघका अध्यक्ष भानु जीएम, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष इश्वरी पाण्डे, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्तोष पोख्रेल, कर्मचारी महासंघका इश्वरी चालिसेलगायतले शुभकामना दिनुभएको थियो ।उपाध्यक्ष गोकर्णबहादुर पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव हुकुमबहादुर बुढाथोकीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्