आर्थिक

नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा सन्तोष प्रसाईं नियुक्त

By Thaha - Online

February 11, 2021

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा सन्तोष प्रसाईं नियुक्त भएका छन्। सञ्चालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो।

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ। सञ्चालक समितिले उनको नियुक्तिसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस व्यक्त गरेको छ।

विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहनुभएका सन्तोष प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय श्री बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए।