आफू कम्तीमा १८० वर्ष बाँच्ने अमेरिकाका एक अर्बपतिको भविष्यवाणी



काठमाडौं। आफू कम्तीमा १८० वर्ष बाँच्ने अमेरिकाका एक अर्बपति व्यवसायीले भविष्यवाणी गरेका छन्। ४७ वर्षका डेभ एस्प्रेले लामो आयु बाँच्नको लागि केही विशेष विधिको खोजी गरेको समेत दावी गरेका छन्। लाइफस्टाइल गुरुको रुपमा परिचित डेभका अनुसार आयु बढाउने उनको यो विधि घरघरमा मोवाइल फोनजस्तै आम रुपमा प्रयोग हुनेछ। डेलीमेलको रिपोर्टअनुसार डेभले आफू कम्तीमा पनि २१५३ सालसम्म जीवित रहने दावी गरेका छन्। लामो आयु पाउने आफ्नो विधिलाई उनले बायोह्याकिङ नाम दिएका छन्। डेभका अनुसार लामो आयु पाउनको लागि उनी कोल्ड क्रायोथेरापी च्याम्बरको प्रयोग गर्छन्। उनले केही समयसम्म उपवास पनि गर्छन्।

यसका साथै आफ्नो शरीरबाट स्टेम सेल निकालेर फेरि आफ्नै शरीरमा हाल्नको लागि उनले ठूलो रकम खर्च गरिसकेका छन्। आफ्नै स्टेम सेल निकालेर फेरि शरीरमा हाल्ने यो प्रक्रियामा प्रति सेसन २५ हजार डलर खर्च हुन्छ। डेभसँग उनी किन यति लामो समय बााच्न चाहन्छन् भनेर सोधिएको थियो।

जवाफमा उनले आफू जिज्ञासु भएको बताउँदै आफूलाई हामीले धेरै कुराहरु सुधार गर्न सकिने लागेको र आफूले सबै कुरा गरिसकें भन्ने महसुस नभएको बताए। उनले आफ्नो शरीरलाई राम्रो बनाउनको लागि १ मिलियन डलर खर्च गरिसकेका छन्। डेभको दावीअनुसार पृथ्वीमा भएका अन्य कुनै पनि व्यक्तिको शरीरमा भन्दा उनको शरीरमा धेरै स्टेम सेल छन्। उनका अनुसार उनी आफ्नो खाने र सुत्ने समयमा पनि निकै नियन्त्रण राख्छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्