एजेन्सी। चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक लगाइएको छ। चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको हो।
बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ। हालैका महिनामा चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शो षणमाथि प्रसारण गरिएका रिपोर्टमा आ पत्ति जनाएको थियो।
ब्रिटेनको विदेश मन्त्रालयले भने एक वक्तव्य जारी गर्दै चीनमा इन्टरनेट र मिडियामाथि सबैभन्दा धेरै प्र तिबन्ध लागू भएको जनाएको छ। चीनको यो कार्यले विश्वमा उसकै साख गिराउने वक्तव्यमा भनिएको छ।
अघिल्लो साता ब्रिटेनको मिडिया नियामक निकायले चीनको सरकारी नियन्त्रणमा रहेको च्यानलको प्रसारण लाइसेन्स नि लम्बित गरेको थियो। बीबीसीका एशिया एडिटरले चीनमा बीबीसी वल्र्ड सर्विस टिभिको प्रसारण रोकिनुले धेरै असर नपर्ने बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।