विहेपछि लाशमा परिणत भएको जेनाको जीवन



लेबनानकी एक मोडल तथा ब्यूटी क्विन जेना कान्जोको मृत्यु भएको छ । यसैबीच जेनाका श्रीमान इब्राहिम गजलमाथि श्रीमतीको घाँटी थिची ह त्या गरेको आरोप लागेको छ । मोडल जेनाको आइतबार बेलुका ह त्या भएको हो । यसअघि उनले आफ्ना श्रीमानविरुद्ध घरेलु हिंसाको उजुरी पनि दिएकी थिइन् । यी दुईको केही महिनाअघि मात्रै विवाह भएको थियो ।

जेनबाहेक हालै अन्य दुई महिलाले पनि घरेलु हिंसाको शिकार भएर ज्यान गुमाइसकेका छन् जसका कारण लेबनानमा घरेलु हिंसा कानूनविरुद्ध सोसल मिडियामा निकै रोष देखिएको छ ।

यद्यपि, इब्राहिम र कान्जो सोसल मिडियामा धेरै नै तस्बिर सेयर गर्ने गर्दथे । नेशनल न्यूज एजेन्सीको रिपोर्ट अनुसार इब्राहिम बेरुतस्थित आफ्नो घरमा श्रीमतीको ह त्या गरेर टर्की भागेको आ रोप लागेको छ । लेबनानको टिभी च्यानल अल जदिदले एउटा अडियो रेकर्डिङ पनि आफ्नो च्यानलमा टेलिकास्ट गरेका थिए जसमा इब्राहिम आफ्नी बहिनी रुबासँग कान्जोको मृत्युबारे कुरा गरिरहेका थिए ।

इब्राहिम यो अडियो क्लिपमा भनिरहेका छन्, ‘तिमीले मलाई जे सुकै सोध । म उसलाई मार्न चाहँदैनथेँ । ऊ चिच्याइरहेका बेला मैले उनको मुखमा आफ्नो हात मात्रै राखेको थिएँ ।’ इब्राहिम उक्त क्लिपमा थप्छन्, ‘मैले उसलाई चुप बस्न र रुन बन्द गर्न भनेको थिएँ । म उसलाई मार्न चाहन्छु भन्ने तिमीलाई लाग्छ ।’

त्यसपछि जब इब्राहिमकी बहिनीले उनलाई लगातार ह त्याबारे सोध्दा उनले सिधा जवाफ दिनुको साटो घुमाउरो पारामा भन्छन्, ‘मैले प्रहरीलाई श्रीमतीको मृत्युबारे बताइसकेको छु ।’ यो घटनापछि एक स्थानीय समाचार च्यानलले इब्राहिमलाई आफ्नो च्यानलमा बोलाएको पनि थियो ता कि उनले आफ्नो कुरा राख्न सकून् ।

यद्यपि, यो अन्तरवार्ताले धेरै मानिसहरु रिसाएका थिए । एक स्थानीय महिलावादी समूहकी निर्देशक हयात मिरशादले लेबनानको मिडियाले थुप्रै पटक यस्तो माहौल तयार गर्छ जसमार्फत् अपराध गर्ने पुरुषलाई संरक्षण दिने कोसिस गर्ने गरिएको बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्