संघीय लोकतान्त्रिक गणतन्त्रको नाममा देशमा भ्रष्टचार र असुरक्षा



माघ ३० , काठमाण्डाैं ।१०४ वर्षीय जहानीयाँ शासन कालमा पनि राणाहरू जनता र मुलुक प्रति उत्तरदायी भएको देखियो । ००७ सालमा राणा शासको अन्त्य त भयो । विश्वव्यापी बेलायतबाट शुरू भएको प्रजातन्त्र मानव अधिकार ‘ प्रेश स्वतन्त्रता ‘ खुल्ला अर्थतन्त्र को हावाले विश्व अछूत रहन सकेन । बेलायतले राजसंस्था विहीन ११ बर्ष अभ्यास गर्‍यो । र विश्वमा आफ्नो छत्रछायाँ र उपस्थिति कायम राख्नको लागि राजसंस्था सहीतको प्रजातन्त्र आत्मसात गर्‍यो र विश्वमा राजसंस्था सहीत प्रजातन्त्र भएका मुलुकहरु अरु गणतान्त्रिक मुलुकहरू भन्दा विकसित र सभ्य र आफ्नो धर्म संस्कृति रीति रिवाज ऐतिहासिक धरोहरहरुको संरक्षण गर्दै विश्वमा उदायमान छन् । मार्क्सवादी लेनीनवादी र माओवादी चिन्तनहरु पनि विश्वव्यापी रूपमा संसार अछूतो रहन सकेन ।

मार्क्सवाद र लेनिनवादका नारा ले यूरोप र रसिया पनि खण्डीकृत भए । सोभियत संघको पनि पतन भए । केही गरीब राष्ट्रहरूमा मार्क्सवादी लेनिनवादी चिन्तनहरू सर्वहाराको नाममा उठेका छन् । कम्यूनिजम विचार आफैमा नराम्रो होइन् र त्यस्लाई मानवीय दृष्टिकोण ले व्यवहारमा उतार्न नसक्दा जनताले तिरस्कार गर्दै जाँदा सीमित राष्ट्रमा मात्रै टिकी रहेका छन् ।

त्यस्को हावा नेपालमा पनि समुन्द्रको छाल झै अधि बढ्न सफल भयो । पात्र र प्रविधिले जनतालाई जे भनेर उकासे र जनतालाई चारदोबाटो मैं छोडेर नेतृत्व पक्ति विलासी जीवन विताउन थाले । भन्ने बेलामा कम्युनिजम भन्ने सर्वहारा अधिनायकवाद ल्याउँछु भन्ने । तर दलाल पूजीवाद को खुर्पेटो बोक्दै जनतालाई धोखा दिंदै सप्रेको मुसाले विरालाको धाक देखाउँदै कुकुरको विहेमा जन्ती गएर बाउ भतेर खानाको नाटक गर्दा देश र जनताले धोखा पाएका छन् । यथार्थमा त मुसा मुसा नै हो । दलाल पूँजीवाद कै पछि लाग्नु थियो भने जनता लाई यो नौंटकी किन देखाउनु ?

७१ बर्षको प्रजातन्तिक लोकतान्त्रिक संघिय लोकतान्त्रिक सम्म आईपुग्दा तथातथिक राष्ट्रवाद को नाममा उभिंदा नेपालका वाम घटकहरुलाई झण्डै २/३ को हाराहारीमा जनताले विश्वास गर्‍यो । आज जनताको मतको सदुपयोग भयो की दुरुपयोग भयो यस्को समिक्षा गर्ने घडी आएको छ । नेपाल जस्तो देशमा उत्तर चीनको व्यवस्था र दक्षिण भारतको जस्तो व्यवस्था पनि सुहाउँदैन । यसको नेपालको आफ्नै विशेषता छ । बहुधामिक बहुसांस्कृतिक बहुभाषीक बहुजातीय र हिमवत खण्ड भएको मुलूक भएको हुँदा मुलुकको स्थायित्व को लागि अनिर्वाचित राष्ट्रध्यक्ष र जनताको छोरो कार्यकारी प्रधानमन्त्री हुँदै आएको छ । विगत ११ बर्षदेखि स्वतन्त्र नागरिक समाजले २१ सौं शताब्दि को राजसंस्था सहीतको प्रजातन्त्र मुलुकको पहिचान वैदिक सनातन हिन्दू अधिराज्य देशको पहिचान जुन माटोवादी चिन्तनको उजागर गर्दै आयौं । हामीले भनेको कुरो सत्य रहेछ ।

दिल्लीमा १२ बुँदे सम्झौता गरेर आएका राजनीतिक दलहरुले प्रतिगमन विरुद्ध गरेको आन्दोलनले विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गर्‍यो । र त्यसै संसदले नेपालको परम्परागत शक्तिलाई निशेष गर्‍यो । नेपालको जनताको जनचाहना विपरीत मुलुकलाई धर्म निरपेक्ष घोषणा गर्‍यो । संसद पुनस्थापना पनि असंवैधानिक र सात राजनैतिक पार्टीले परम्परागत शक्तिलाई निशेष गर्नु पनि अंसवैधानिक हो भने हामीले भनी आएको कुरा आज प्रमाणित हुँदैछ । मुलूक शक्तिशाली . अभिभावक र केन्द्रिय शक्ति बिना मुलूक जीवन्त रहन असम्भव हुने र मुलुकको आकाशमा कालो मडारिएको बादल जस्तै परिस्थिति छ । अब् यस्तो अवस्थामा संसारको अभ्यास हेर्दा सेनाको भूमिका मुलुकले आवश्यक महशूस गरेको देखिन्छ ।

पछिल्लो चरणमा देश मा नैतिकता को खडेरी देखिन्छ । देश भ्रष्टाचार को दलदल मा डुबेको छ । यस्तै रहयो भने जस्तो पनि हुन सक्छ । आज मुलुक असफल राष्ट्रको उन्मुख छ । उदाहरणको लागि नेकपाको आन्तरिक झगडा । देश र जनता को आकांक्षा लाई लत्याउँदै केवल म र मेरो मान्छे मात्रै सत्तामा रहिरहन्छु पर्छ भन्ने दरिद्र मानसिकताले डेरा जमाएको छ । राष्ट्र र जनता जोगाउने दायित्व नेपाली सेनाको हो । देश राजनीतिक दलहरूबाट उदासीन हुँदा सेना टुलुटुलु हेरेर बस्न मिल्दैन ।

जनताको इच्छा १ निशुल्क स्वास्थ २ शिक्षा निशुल्क ३ रोजगारको सुनिश्चितता ४. जनताले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापन ५ शान्ति सुरक्षा आजको आवश्यकता र सरकारको कर्तव्य हो । आज दलहरुले यी आधारभूत कुराहरू पुरा गर्न नसक्दा लाखौंको संख्यामा विदेश पलायन हुन बाध्य छन् । यस्लाई रोक्ने दायित्व अव नेपाली सेनाको कांधमा छ भन्ने आम नेपाली जनाताले आशा र विश्वास गरेका छन् ।

संयोजक हेम विक्रम सिलवाल
स्वतन्त्र नागरिक समाज

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्