सैघाली खबर
घोराही, पुस २९ । घोराहीस्थित पाण्डवेश्वरी यातायात प्रालीले धर्नास्थित धारपानि मन्दिरलाई वहुमुल्य पित्तलको त्रिशुल सहयोग गरेको छ ।
सबैभन्दा अग्लो त्रिशुल रहेको धारपानी मन्दिरलाई सो यातायात प्रालिले त्रिशुल सहयोग गरेको हो । पाण्डवेश्वरी यातायात प्रालिका अध्यक्ष सरोज शाह, बरीष्ठ उपाध्यक्ष केशव नेपालिको नेतृत्वमा शनिवार धारपानि मन्दिर पुगेको यातायात प्रालिको टोलिले ब्यवस्थापक गोविन्द पौडेललाई त्रिशुल हस्तान्तर गर्नु भएको थियो ।
मन्दिरको विकास र प्रर्वद्धनका लागि प्रालीले त्रिशुल सहयोग गरेको अध्यक्ष शाहले बताउनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।