टप फिचर

भारतीय कलाकार रोहित सुचान्तीले नेपाली फिल्ममा डेब्यु गर्ने

By Thaha - Online

February 12, 2021

काठमाडौं। भारतीय कलाकार रोहित सुचान्तीले नेपाली फिल्ममा डेब्यु गर्ने भएका छन्। भारतीय टेलिसिरियलबाट दर्शकको मन जित्न सफल रोहितले नेपाली कलाकार दीपिका प्रसाईंसँग स्कृन सेयर गर्नेछन्।

फिल्म दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्नेछ। फिल्मको नाम तिमीसँगै हुने मन छ राखिएको छ। महावीर जैन कलेज मुम्बईबाट स्नातक तह उत्तीर्ण गरेका रोहितले तुने प्यार क्या किया र रिश्ता लिखंगे हम नयाँ लगायतका सिरियलमा अभिनय गरेका छन्।

साथै, उनले नेपालमा समेत माया पाउन सफल रियालटी सो बिग बोसको १२ सिजनमा भाग लिएका थिए। चैतको पहिलो हप्ताबाट छायांकनमा जाने फिल्मका अन्य कलाकारहरु भने फाइनल हुन बाँकी नै छ। ॐ नम शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक बाहेक सम्पूर्ण प्राविधिक टोली बलिउडकै हुनेछन्।