Light bulb with hanging lights background - 3D rendering

आर्थिक

यी ठाउँमा ३ दिनसम्म बत्ती नआउने, कुन -कुन ठाउँमा जान्छ बत्ती ?

By Thaha - Online

February 12, 2021

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले फागुन १ गतेदेखि फागुन ३ गतेसम्म विभिन्न क्षेत्रमा विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले तालिका प्रकाशित गर्दै शनिवार देशका विभिन्न क्षेत्रमा विद्युत प्रवाह अवरुद्ध हुने जनाएको हो। प्राधिकरणका अनुसार, प्रदेश नम्बर १ का विभिन्न ठाउँमा फागुन १ गते (शनिवार) बिहान ९ बजेदेखि फागुन ३ गते अपरान्ह ४ बजेसम्म बत्ती जाने छ।

कुन -कुन ठाउँमा जान्छ बत्ती ?

प्रदेश नम्बर १ मा इटहरी फीडरअन्तर्गत ओशो चोक, बस्नेत टोल, राधाकृष्ण मन्दिर संगीत चोक, तुलसा टोलमा बत्ती जाने छ । यस्तै उद्योग लबिपुर फीडरअन्तर्गत औद्योगिक क्षेत्रमाम पनि बत्ती ३ दिनसम्म कटौती हुनेछ।

यस्तै इटहरीकै एनटीसी फीडरअन्तर्गतका विभिन्न क्षेत्रमा पनि बत्ती जाने प्राधिकरणले जनाएको छ। सडक विभागले काम गरिरहेको र मर्मतका लागि तीन दिनसम्म बत्ती जाने सूचना जारी गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए। मर्मतका लागि तीन दिनसम्म समय लाग्ने देखिएकाले सूचना जारी गरिएको तिम्सिनाले बताए। समयअगावै काम सकिएमा अगाडि नै बत्ती आउने तिम्सिनाले बताए।