जनकपुरधाम। बालिका बला त्कारको आरोपमा प्रहरीले धनुषाबाट २ जनालाई प क्राउ गरेको छ। पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव रहेका छन्। मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौ नधन्दामा लगाउदै आएको प्रहरीले जनाएको छ।
खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौ न सम्बन्ध राख्न लगाएको प्रहरीको भनाइ छ। पटक–पटकको बला त्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो।
प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए। प क्राउ परेका दुबै जना स्थानीय हुन्। प क्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।