प्रेस युनियनमा डोटीमा आबद्ध पत्रकारहरूकाे दुर्घटना बिमा



माघ ३० गते , डोटी -नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूकाे दुर्घटना तथा जाेखिम बिमा गरिएकाे छ ।
एशियन लाईफ ईन्स्याेरेन्स दिपायलले एक लाख बराबरकाे बिमा गरिदिएकाे प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिएका छन् । एशियन लाईफ दिपायलका शाखा प्रबन्धक नवराज पण्डीतले समाजसेवाका लागि पत्रकारहरू निरन्तर जाेखिमका साथ खटिरहने भएकाले शाखाले युनियनको अनुरोध स्वीकार गर्दै दुर्घटना तथा जाेखिम बिमा गरि दिएकाे पण्डितले बताए । उनले भने ,’ ज्यानकाे बाजि राखेर समाज रूपान्तरणका लागि भुमिका खेलेकाले सम्मान स्वरूप बिमा गरिदिएकाे हो । आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने परिबध्द्ता व्यक्त गरे ।’शाखाले ५० तथा प्रेस युनियन डाेटीले २० जना वापतकाे बिमा शुल्क ब्यहाेरेकाे अध्यक्ष बमले बताए ।

डाेटीमा ०६५ सालदेखि शाखा संचालन गरेर सेवा दिदै अाएकाे एशियन लाईफ ईन्स्याेरेन्स डाेटीकाे पुरानाे बिमा कम्पनि हाे । एशियनले डाेटीबाट नै सबै प्रकारका बिमाहरूकाे भुक्तानी गर्दछ । जीवन बिमा काेष २३ अर्ब रहेकाे एशियन लाईफ नेपालकै अग्रणी कम्पनि भएकाे प्रबन्धक पण्डितले जानकारी दिए । एशियन लाईफकाे देशभर १४० शाखा कार्यालय रहेकाे छ ।

यस अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरकाे सहयाेगमा लुम्बिनी ईन्स्याेरेन्समा युनियन अावद्व ९२ पत्रकारहरूकाे काेराना बिमा गरिएकाे थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्