जनयुद्ध दिवस



सम्झना बी क ✍️

न भुलिने दिन
न बिर्सिने क्षेण
नमेटिने समय
हो तेहि मेरो मुटुको
माझमा सजियको मुर्ति
महान जनयुद्ध
२६औ जनयुद्ध दिवसमा उभिदै
स्मरण गर्दै गर्दा फेरीपनि सोच मग्नछु
कैले मेरोमन रुकुमको खारा
वरपर दौडिन्छ त
कैले थवाङ्ग कैले सोलु सल्लेरी
उकाली ओराली गर्न पुग्छ
बेला बेला ऐठन पार्छ
निद्राबाट बिउझाउछ
हो मलाई सालै पच्छे
जनयुद्ध दिवसले यस्तै गरि सम्जाउछ
यसपटक पनि फेरि उस्तै छ
प्रश्नै प्रश्नहरुले जवाफ माग्दैछ्न
कैलै रगतको आहालबाट
सहिद उठेको देख्छु
कैले अङ्ग गुमाएर जीवन र मृत्यु
सग छ्टपटाएको घाइते योद्धा भेटछु
कैले बेपत्ता योद्धाका परिवारहरु
बिछोडको पीडामा मुटु मिच्दै
कराइ रहेको सोच्छु
कैलै जीवन अर्पण गरेर जनयुद्धमा
होमिएको सहयात्री खोज्छु
हो म आफुलाइ प्रश्नै प्रश्नको घेरामा भेटछु
अनि मलाई सोध्न मन लाग्छ
जनयुद्धका नाएकहरुलाइ
चिच्चाएर भन्नमन लाग्छ
खै हाम्रो एजेन्डा
खै हाम्रा सपना
भन आज के भनेर
मनाउ जनयुद्ध दिवस
बालुवाटारमा पनि जनयुद्ध
माइतीघरमन्डलामा पनि जनयुद्ध
सिहदरवारमा पनि जनयुद्ध
तर स्वार्थको लागी व्यक्त गरिने शब्दमा मात्र जनयुद्ध
आफ्नो सम्पत्ति सबै साहुलाइ बुझाएर
सन्तानलाई कमैयाराख्ने बाउ बनेपछि
आज गोहिको आँसु बगाएर केगर्ने
बिचार सिद्धान्तबाट चिप्लिएपछी
आफ्नै सपनाको मलामी बनेपछि
धेरै प्रश्नको जवाफको
अपेक्षा त छैन मलाई
सक्छौ भने फर्केऔ जलजलाको
काखमा सोलुको फेदमा
जनताको बस्ती बस्तीमा
सहिदको आगनमा
हो साच्चिकै जनयुद्ध गर्बिलो थियो
जनमुक्तियुद्ध थियो
हेपियकाहरुको आवाजथियो
न्याय को गर्जन थियो
नयाँ युग निर्माण को सपना थियो
हजारौं हजार योद्धाहरुलाइ
बलिदानको यात्रामा लामबद्द बनायो
त्यसैले त आज पनि
मुटुको धड्कन बढछ
नसानसामा तातो रगत सलबलाउछ
क्रान्तिका साना झिल्का देख्दा पनि
ठूलो आशा पलाउछ
जनयुद्ध जिन्दावाद !!!
२६ औ जनयुद्ध दिवसको सबैलाई शुभकामना !! 💐
३० माघ २०७७

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्