ग्वार खोलामा हाइड्याम निर्माण हुन्छ पोखरेल




सैघाली खबर
दाङ,२९ पुस ।पूर्व सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले ग्वार खोलालाई हाइड्याम बनाउँने प्रतिबध्ता व्यक्त गर्नु भएको छ ।बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौँ अधिवेशनको उद्घाटन गर्दै पोख्रेलले यस्तो बताउँनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पोखरेलले ग्वार खोला हाइड्याम निर्माण गर्ने महत्वाकाँक्षी योजना भएपनि सम्पन्न गरेर छाड्ने वताउनु भएको हो ।उक्त योजनालाई आफूले विशेष प्राथमिकताको योजनामा राखेको समेत बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले सोनापुर सिमेन्ट उद्योगका कारण खानेपानीका श्रोत सुक्दै गएको वताउँदै त्यस तर्फ सरकारी स्तरबाटै अनुगमन हनु पर्ने वताउनुभयो ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य समेत रहेका पोख्रेलले आफू पनि खानेपानीको उपभोक्ता भएका कारण सदैव नेतृत्वलाई सहयोग गर्न तयार रहेको बताएका थिए । पाँच नम्बर प्रदेशका प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवारका रुपमा रहेका पोख्रेलले पाँच नम्बर प्रदेशको राजधानी दाङ हुने र त्यसका लागि आवश्यक पर्ने खानेपानी ग्वार खोलाबाटै प्रबन्ध गरिने बताएका थिए ।२०३९ सालदेखि सुरु भएको खानेपानी आयोजना जीर्ण बन्दै जान थालेपछि संस्थाले सह लगानी मार्फत योजनालाई अघि बढाउने प्रस्ताव समेत अघि सारेको छ । संस्थाका अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख चोकप्रसाद धितालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्य, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसी, भरतपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष शंकर आचार्य, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, उपभोक्ताहरु, रामबहादुर थापा, खड्ग भण्डारी लगायतकाले बोलेका थिए । कार्यक्रममा सदस्य चन्द्रा वलीले स्वागत मन्तव्य राखेकी थिइन भने सञ्चालन सचिव विनयकुमार पोख्रेलले गरेका थिए ।कार्यक्रममा उत्कृृष्ट उपभोक्ताहरुमा ऋषिबहादुर खत्री, जुमुना भुसाल, जीवलाल भुसाल, टोपबहादुर केसी, कृष्णबहादुर खत्रीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा संस्थालाई सहयोग पुर्याएको भन्दै डिभिजन कार्यालय दाङका प्रमुख चोकप्रसाद धिताल र इन्जिनियर तिलक न्यौपानेलाई सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्