रामेछापको चनखुमा सोनाम ल्होछार भव्यताको साथ सम्पन्न



काठमाडौ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर -१० मा `चनखु-वृहत् सोनाम ल्होछार सांस्कृतिक समारोह :२०७७´ सम्पन्न भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम यसपटक पनि माघ ३० गते आयोजना गरिएको थियो ।

कार्यक्रम प्रमुख अतिथिको रूपमा उपस्थित सुकुमाया योन्जन घिसिङले बत्ति बालेर उद्घाटन गर्नुभएको थियो भने बिशिस्ट अतिथिको रूपमा उपस्थित कान्छाराम तामाङ(पुर्ण बहादुर) ले उहाँलाई सम्मान पनि गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न ख्यातिप्राप्त कलाकारहरुले उपस्तिथि दर्शकलाई आफ्नो प्रस्तुति दिएर मनोरंजन दिएका थिए भने तामाङ मौलिक बाजा डम्फु बजाउँदै ताम्बाहरुले अतिथिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा चर्चित तामाङ हास्य कलाकार कुइसाङ रुम्बा,अनिता तामाङ, लोक तथा सेलो दोहोरी गायक तिर्थ बिरक्त पाख्रीन ,सेलो गायक पासाङ लामा ,गायक सबिन चौहान र हास्य कलाकार शैलेश गिरि,मोडल तथा डान्सर निकिता चौहान ,नबिना ब्लोन, संखु लामा लगायतका स्थानीय कलाकारहरुले पनि प्रस्तुति देखाइएको थियो ।

कार्यक्रममा उपस्तिथिहरुलाई तामाङ मौलिक परिकार खाप्से,भाल्डो र बाबरे रोटी खाजाको रूपमा दिइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्