काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी केपी ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा पुनः अर्को सशस्त्र द्वन्द्व हुन सक्ने बताएका छन्। गृहमन्त्री थापाले सशस्त्र द्वन्द्व हुन अवस्था आउन सक्ने भएकाले तयारी अवस्थामा रहनुपर्ने बताएका हुन्।
अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा शनिबार जनयुद्ध दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन्।
समाजवादी क्रान्ति अगाडि बढाउँदै गर्दा प्रतिक्रियावादी वर्गले भोलि गएर सशस्त्र प्रतिरोध गर्न सक्ने बताउँदै उनले समाजवादी कार्यक्रम लागू गर्ने क्रममा एउटा सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्ने बताए।
गृहमन्त्री थापाले भने, ‛भोलि गएर समाजवादी क्रान्तिको एउटा चरणमा प्रतिक्रियावादी वर्गले सशस्त्र प्रतिरोध ग¥यो भने त्यसलाई असफल पार्न सरकारसँग भएको सेना प्रहरीद्वारा उनीहरुमाथि सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्छ।’
तर अहिले नै समाजवादी क्रान्तिका लागि हतियार उठाउनुपर्ने अवस्था र आवश्यकता नरहेको बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।