जापानमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प



काठमाडौं। जापानमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु भइ भूकम्प गएको थियो।

भूकम्पका कारण ५० जना घाइते भएका छन्। तर फुकुशिमा आणविक केन्द्रमा भने कुनै क्षति नभएको अधिकारीहरुले जनाएका छन्। दर्जनौ घरहरुमा क्षति पुगेको छ।राजधानी टोकियोलगाएत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ।

भूकम्प लगत्तै दुई वटा पराकम्प गएको थियो। तर सुनामीको चेतावनी भने दिइएको छैन। जापानमा यसअघि सन् २०११ मा फुकुशिमामा भूकम्पपछि आएको सुनामीका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो। एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्