कैलालीमा बाघको आक्रमणबाट एक मृत्यु



फागुन २ ,   कैलाली।  कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको हाे।डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरे।

स्थानीय चेतराज पुरीका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि सो बाघले आक्रमण गरेको थियो। सो क्रममा स्थानीय २५ वर्षीया कला धामीलाई आक्रमण गरेको पुरीले जानकारी दिए। उनको शव समेत भेटिएको जनाइएको छ।
केही दिनयता सो पाटे बाघको ओहोरदोहोर कैलालीका सामुदायिक वनमा बढेको छ।

शुक्रबारमात्रै पाटेबाघले कैलारी गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो। सीताकुँवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घाइते भएका छन्। उनको उपचार नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ।
यसैगरी, शनिबार मान्छे रहेकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो । सोही दिन गौरीगंगा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा गाईको एउटा बाछोलाई मारेर खाएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्