दर्जन बढी श्रष्टा सम्मानित



काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जगत उपाध्याय एक दर्जन कवि तथा स्रष्टाहरूलाई सम्मान गरेका छन् । सदस्यसचिव उपाध्यायले संसाक मासिकले आयोजना गरेको सम्मान कार्यक्रममा ती श्रष्टाहरुलाई सम्मान गरेका हुन् ।

सो अवसरमा उनले कवयित्री भवानीमैया पन्तद्वारा लिखित कवितासङ्ग्रह ‘देश रोएको बेला’ को लोकार्पण पनि गरे । कार्यक्रम साहित्यकार तथा लेखक रत्नप्रसाद श्रेष्ठ अनामणिको सभापतित्वमा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमका विशेष अतिथिहरूमा प्राडा गार्गी शर्मा डा. शैलेन्दुप्रकाश नेपाल, डा.बिदुर चालिसे, पूर्वसहायक रथी तेजप्रकाश बानियाँ कवि सूर्य लाकोजु रहेका थिए । अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले सरकारी निकायले निजी क्षेत्र र व्यक्तिगत रूपमा भएका कामहरू सुरक्षित राखिदिने काम नगरिदिनु अहिलेको सबैभन्दा ठूलो समस्याको विषय बनेको बताए ।

स्तरीय अनुवाद हुन नसक्नाले नै हाम्रा कृतिहरू अन्तर्राष्ट्रियकरण हुन र नोबेल पुरस्कारको ढोकासम्म पुग्न नसकेको लेकालीको भनाई थियो । साहित्यकार खेलकुद समाजका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले संसाक साहित्यिकको साथै खेलकुद गतिविधिमा पनि यस क्षेत्रको मात्रै होइन देशकै अब्बल संस्था बनेको बताए ।

कार्यक्रमका सभापति तथा साहित्यकार रत्नप्रसाद श्रेष्ठ अनामणिले निजी क्षेत्रबाट मात्रै प्रदान गरिँदै आएका सम्मान तथा पुरस्कारहरूलाई स्थायी र दिगो गर्न नसकिने बताउँदै टोखा नगरपालिकाले नगरपालिका भित्रका संस्कृति, साहित्य, कलाको साथै शिक्षा र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गरी प्रत्येक वर्ष ती प्रतिभाहरूलाई सम्मान गर्न ‘प्रतिभा सम्मान गुठी’ को स्थापना गर्नु आवश्यक रहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्