कविता : नलेखिएको चिना



जिन्दगी एक नलेखिएको चिना रहेछ।
विधाताले नलेखेर होला खाली भएछ।।

यो खाली ठाउँ अब कहिले भर्ने होला!
शुभ ग्रहले अब कहिले नै पो छोला।।

जे जे गर्न खोज्यो सब काम रोकिने।
राम्रो कुरा भन्दा पनि सब झोक्किने।।

नव ग्रह नै सब लागेछ्न् है ऐले साथी ।
राम्रो काम गर्दा सब रिसाउने म माथि।।

जीवन रहेछ साथी एक खाली चिना।
फुर्सद छु तर केही लेख्नै भ्याउदिन।।

ललाट मेरो सब खाली नै पो छरे ऐले।
त्यसैले त होला जे गरे नि हुँदैन जैले।।

नव ग्रह पनि किन होला एकै चोटि नै लागेछ।
खाली चिना देखेर होला यमराज नि भागेछ।।

चिना लेख्नुछ है अब मैले आफ्नै कर्मले।
देखेको गर्दैछु है मैले सब आफ्नै ब्रह्मले।।

देखेको मात्र आँखाले साचो हुन्छ भन्थे बाले।
आफ्नै आँखाले देखेको नि झूठो हुन थाले।।

भावीले नलेखेर होला चिना पनि लेखिएन।
पण्डितले भने लेख्ने के हो केही पनि देखिएन।।

मानव जीवन एक खाली चिना नै पो रहेछ।
कर्मको फल मात्रै पो साह्रै मिठो हुदोरहेछ।।

रातोदिन गरि लेखदैछु ऐले साथी आफ्नै चिना।
खुसीका दिन पनि त आउलान एक दिन।।

चिना नै पो हजुर नलेखेर होला पनि।
लेखेको नै पो रहेनछ भ्रस्टाचार गर्न भनि।।

चिना नलेखिए पनि म त खुशी छु यसमा।
भ्रष्टाचार नगर्नेहरु को को होलान देशमा?

कर्मले लेख्नु पर्छ अब हामीले आफ्नै चिना ।
सुखका दिन पनि पक्कै आउनेछ्न् एक दिन।।

कर्मले देखेको भावीले नलेखेको रहेछ चिना।
सत्कर्म गरौँ लेखिनेछ चिना पक्कै एक दिन।।

धन्यवाद।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्