सैघाली खबर
घोराही उपमहानगरपालिका १३ स्थित बाह्रकुने दहमा माघे संक्रान्तिको अबसरमा लाग्ने मेलाको तयारी तिब्र पारिएको छ । जिल्लाको पर्यटकीय र धार्मिक क्षेत्रको विकास गर्र्ने उदेश्यका साथ माघे संक्रान्तिको अबसरमा बृहत मेलाको समेत आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर घर्तीले जानकारी दिनुभयो ।
प्रत्येक बर्ष जस्तै यसबर्ष पनि बाह्रकुनेमा विविध सांस्कृतिक कार्यक्रम , भक्तजनका लागी ढुङ्गाको व्यवस्था , बालवालिकाका लागि बाल उद्यान, काठको चर्खे पीङको व्यवस्थापन गरिएको घर्तीले जानकारी दिनुभयो ।
मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनका लागि लाईनको व्यवस्थापन समेत आफुहरुले मिलाएको बताउँनुभयो । मेलाको सुरक्षाका लागी झण्डै एक सय प्रहरी र त्यतिकै स्वययम सेवक परिचालन गर्ने वताउँदै मेलामा आउँने भक्तजनालाई सुरक्षाका बारेमा चिन्ता नगर्न समेत आग्रह गर्नुभयो ।
यसबर्ष बाह्रकुने क्षेत्रमा झण्डै ५० हजार र्तीथालु आउँने विश्वास गर्दै त्यसबाट मन्दिर व्यवस्थापन समितिलाई झण्डै ३० देखि ३५ लाख रुपैयाँ आम्दानी हुने अध्यक्ष र्घीले वताउनुभयो । र्तीथालुबाट आएको रकम यस क्षत्रेको भौतिक संरचना निर्माणका लागी खर्च भएको वताउँदै बराहक्षेत्रको विकास र विस्तारका लागी आफुहरु निरन्तर लागेको वताउँनुभयो । माघे सक्रान्तिको अवसरमा दाङ,रोल्पा, रुकुम, सल्यान, प्युठान लगाएतका अन्य जिल्लाबाट समेत भक्तजन आउँने गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।