कविता : मेरो हुननसकेकी उनी



राजन अधिकारी।

मेरो हुननसकेकी  उनी 
वा अरु नै कसैको भएकी
वा अलिकति भएपनी मनमा डेरा जमाएर
बस्न सफल भएकी
थोरै सपना
मीठो आश
अदृश्य चित्र
अपुरो कविता जस्ती
यादको डडेलो लगाउन पल्केकी
मेरी प्रिय् प्रेमिका

यादको भारी
एकादेशको राजकुमारी जस्ती
मेरो मनको गुप्त कोठामा
लुकेकी
मुटुको कुनै सानो कुनामा
लुकेकी
मेरो मानसपटलको झ्यालबाट
सधै गिज्याएई रहेकी
मेरी प्रिय् प्रेमिका

प्रेमका गतिलो खेती लगाएकी
प्रेमिले भावना
भावनाको मुनाफा
र प्रेमका अन्धेरी रातहरुलाई साथ लिदै
मन्द मुस्कान छरेकी
केही नमिठा पिडा
केही तिता सम्झना
केही कारण बस् प्रेममा फसेकी
तितो यथार्थमा भुल्लिएको
समयले फनफनी घुमाई रहेकी
साथमा नभएकी
हिजो सम्म को हो को हो भएकी
आज थोरै चिनेकी
मेरी प्रिय् प्रेमिका ।
असल सम्झना

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्