शरद रिजाल
फागुण३ , दाङ ।श्री माध्यमिक विद्यालय हापुर बिजौरीको ४९ औ बार्षिकोत्सव तथा अभिभावक भेला एक कार्यक्रम बिच संपन्न भएको छ। शैक्षिक विकासका लागि लामो इतिहास बोकेको माध्यमिक विद्यालय हापुर बिजौरीले बिभिन्न आरोह अवरोह पार गर्दै सक्षम बिध्यार्थी उत्पादनमा सफल भएको सर्बबिदितै छ । बार्षिकोत्सव कार्यक्रममा बिधालयमा अध्यनरत बिद्यार्थी भाईबहिनीहरुले बिभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। बार्षिक परीक्षामा प्रथम,दित्तिय र तृतीय हुने बिध्यार्थी भाईबहिनीहरुलाई नगद तथा प्रमाणपत्रले पुरूस्कृत गरीएको थियो। खेलकुद, साहित्य, तथा सास्कृतिक कार्यक्रममा उत्कृष्ट भएका भाईबहिनीहरुलाई पनि सम्मान एवं पुरूस्कृत गरीएको थियो।
बिधालयमा स्थापना गरिएका बिभिन्न बिधाका अक्षयकोषबाट अनुसासीत जेहेन्दार र उत्कृष्ट बिध्यार्थीहरूलाई सोही कार्यक्रममा सम्मान एवं पुरूस्कृत गरीएको बिधालयका प्रधानाध्यापक केशबराज रिजालले जानकारी दिनुभयो। बिधालयमा नियमित हुनुपर्ने बार्षिकोत्सव कार्यक्रम कोभिड-१९ का कारण केही समय ढिलो गर्नुपरेको बाध्यता आफुहरूमा रहेको रिजालको भनाई थियो। २००४ सालमा स्थापना भएको बिधालयले २००८ सालमा मात्र पठनपाठनको स्थाई स्वीकृति प्राप्त गरेको प्रधानाध्यापक रिजालले जानकारी दिनुभयो ।
हाल बिधालयमा ५३८ जना बिध्यार्थी भाईबहिनीहरु अध्ययनरत रहेको र प्राविधिक शिक्षा सञ्चालनको लागि आफुहरूको प्रयास यथावत् रहेको रिजालले बताउनुभयो ।कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका का प्रवक्ता एवं घोराही- १८ का अध्यक्ष भरत अर्यालले बिधालयको भौतिक संरचना निर्माण र स्तर उन्नतिमा घोराही उपमहानगरपालिका सदैव सकारात्मक रहेको र बिधालयलाई गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याई नगरी निरन्तर सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु गर्नुभयो । कार्यक्रमका बिशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं १२का अध्यक्ष राजेन्द्र बुढाले वडा नं. १२ ले बिधालयलाई गर्नुपर्ने सहयोगमा गरीरहेको र भित्किएको पर्खाल निर्माणका लागी प्रधानमन्त्री स्वोरोजगार कार्यक्रम अन्तर्गतको २लाख५०हजार सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं ११का अध्यक्ष कुलबहादुर लामिछाने, माध्यमिक विद्यालय रझेनाका प्रधानाध्यापक उद्धव न्यौपाने, समाजसेवी एवं शिक्षाप्रेमी दोर्ण बहकरीले बिधालयको उत्तोरत्तर प्रगतिको कामना एवं बार्षिकोत्सवको शुभकामना दिनुभएको थियो। सोही कार्यक्रममा मावि रतनपुरका सहायक प्रधानाध्यापक शुरेस गौतम, पूर्व शिक्षक अभिभावक संघ कि अध्यक्ष देवा के सी,शिक्षाप्रेमीहरू प्रेमबहादुर न्यौपाने, खगराज न्यौपाने, गोविन्द पोखरेल, माधब गौतम, नुमाकान्त न्यौपाने लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बिधालयका शिक्षक गण बहादुर वलीले कबिता बाचन र बिधालयका पूर्व शिक्षक खगराज न्यौपानेले गजल बाचन गर्नुभएको थियो।
माध्यमिक विद्यालय हापुर बिजौरी बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मदनकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका का प्रवक्ता एवं घोराही- १८का अध्यक्ष भरत अर्याल रहनुभएको थियो । बिधालयको बिषयमा जानकारी एवं स्वागत मन्तब्य प्रधानाध्यापक केशबराज रिजालले गर्नूभएको थियो भने कार्यक्रमको संचालन बिधालयका शिक्षक बब्लु शर्मा र दामोदर गिरीले गर्नुभएको थियो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।