सरु सुनार
फागुन ३ , काठमाडौ । गते भ्यालेनटान डे को दिन , मलाई अघिल्लो दिन नै दाङबाट कृष्ण रसाइलीले फोन गरेर भन्नू भएको थियोे , एउटा इमानदार सोझो भाइ पढाईमा दखल राख्ने भबिस्यमा इन्जिनियर बन्ने भाइ आमाको उपचार र पढाई खर्च जुटाउन काठमाडौ गयो , अहिले कालिमाटीमा भारी बोक्दै छ रे मैले सकेको सहयोग गरेको थिए अहिले म बिरामी भए त्यो भाइ मलाई पनि नसोधी काठमाडौ गएछ तपाईंले भेट्दिन पर्यो।
वहाँको कुराले कताकता मलाई मनमा धेरै कुरा सोच्न बाध्य बनायो , गरिब हुनु त्यही माथी रोगी हुनु यो हामी नेपालीको लागि धेरैलाई नियती बनेको छ , पढ्दै गरेको युवा किन यसरी भारी बोक्न आए त ? धेरै कुरा मनमा लिएर म बिहान ५.३० बजे नै कालिमाटी तरकारी बजारको लागि निस्के , सवा छ भैसकेको थियोे म त्यहा पुग्दा पहिलोपटक देख भेट मैले फोन गर्दै लोकेसनमा धेरै बेर खोजे र केहिसमय पछि हातमा नाम्लो अनि पछाडि भारी बोक्दा सजिलो होस भनी लगाएको बोराको सेफ्टी सहित ” दिदी म नै हो रमेश ” मेरो अगाडि आए , चिसो निकै थियोे त्यही माथी बिहान ओठ निलो अनि सुकेको देखिन्थे पहेलो बाक्लो खालको हुट अनि कालो पाइन्ट त्यही पनि भारी बोक्दा होला मैला देखिन्थे , खुट्टामा पलास्टिको चप्पल लगाएका मेरो अगाडी उभिदा जाडोले उनको शरीर कापिरहेको थियोे । पहिलोपटक अन्जान मलाई देख्दा उनी नर्मस देखिन्थे , धेरै बोल्न र भन्न खोजेका तिनका ओठ सुकिरहेका थिए ।
अनि मैले सोध्न थाले उनले मलिन अनुहारमा मैले सोधेको मात्र छोटा उत्तर दिए , लाग्थ्यो उनलाई मैले यो सब भनेर पनि के पाउछु र ? बेकारमा ….. उनको मनले भनिरहेको थियोे मेरो दुख बताएर के हुन्छर जे छ ठिक , उनको अनुहारले यहि बताएको थियोे उनी एकदमै पीडा मनमा लुकाएका छन् आफुले आफुलाइ धिकारिरहेका छन् ,कताकता आफ्नो उदेश्य पूरा गर्न अडिग छन् ।
म नजिकै उभिएर सोधे किन आएको काठमाडौ अनि किन यहि भारी बोक्ने मात्र काम थियोे ?
होइन दिदी मेरो आमा मिर्गौलाको रोगी हुनुहुन्छ दुबै मिर्गौलाले काम गर्दैन घर रोल्पामा डाइलसिस गर्न नपाए पछि आमा बुवा र भाइ दाङ आउनु भो , भाइ सानो छ बुवा मजदुरी गर्नु हुन्छ बजारमा भाडामा बसेर हप्ताको २ पटक डाइलसिस गर्दा ३ हजार भन्दा बढी लाग्छ अनि मेरो पढाई यो सम्भब नै भएन आमाको बिरामी अनि छट्पटी बुवाको दुख अनि अभाव म देख्न सकिन म इन्जिनियर पढदै छु , पढेर राम्रो इन्जिनियर बनी देशको सेवा गर्छु भनेको भएन , आमालाई हप्ता पिच्छे पैसा चाहिन्छ यहाँ भारी बोक्दा हातमा पैसा पाइहालिदो रैछ त्यसैले आएको , पढेर इन्जिनियर बन्छु भनेको जिन्दगीले यहाँ पुर्यायो ….. उनि यसरी बोल्दै गए उनी धेरै रुन चाहन्थे तर आफ्नो आँसु जबर्जस्ती रोकेका थिए , उनको यो पीडा सुन्दा मलाई मन थाम्नै गारो भएको थियोे फेरि समाले वरपर रमेशका कुरा सुन्नेको ठुलो भिड थियोे , त्यो भिडमा सबैको नजर रमेश तिर थियोे ।
आमा बिरामी हुँदाका नौ लाख रिनको भारी रमेशले बुवालाई साहुले फोन गर्दा दिनहुुँ सुनेका थिए ।
आमाको बिस्तारामा बिरामी हुँदै छट्पटीदा पैसा नहुदा बुवाको यताउता पैसा खोज्न भौतारिएको धेरै दिन देखेका थिए । त्यही दुखले रमेश पढदा पढदै साथीहरु सग परीक्षा दिन आउने भनी नोट मलाई मेसेन्जरमा हाल्दिनु है भनी काठमाडौ हिडेका थिए ।
काठमाडौमा आएर रमेश आफन्त पर्ने दाइको सहारामा दाइसगै कालिमाटी कोठामा बसेका रहेछन् ।
रातिको १ बजे देखि गाडीमा लोड भएका तरकारीको बोरा त्यही भित्र पसलमा पुराइदिने गर्दा रहेछन् एक भारीको २० रुपैयाँ पाइन्छ बिहान सम्म ४,५ सय कमाइ हुन्छ ।
रमेशका यी कुरा सुनी कहिबाट सहयोग आए र सहयोग गर्ने जुटे फेरि सम्पर्क गर्छु भनी म बिदा भए।
२१बर्षको इन्जिनियर बन्ने सपना बोकेको एउटा युवाको सपना यसरी गरिबीको कारण टुक्रिएको छ , के यस्ता जेहेन्दार विद्यार्थीको लागि सरकारले पढने ब्यबस्था गर्ने होईन र ? के गरिबलाई रोग लागे पैसा नै भएर उपचार गर्न नसकी मर्ने हो त ? यी युवाको सपना इन्जिनियर बन्ने सपना के अब पूरा हुन्छ त यस्तै अनगिन्ती अनुत्तरित प्रश्न उठाउदै म आफ्नो गन्तव्यमा लागे …….
बाकी भिडियोबाट।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।