ओलीले ग्राउण्ड बाहिरबाट गोल हान्न खोजेः अधिवक्ता भट्टराई



काठमाडौं । संसद भंगको मुद्धामा अधिवक्ता टिकाराम भट्टराईले जवाफी बहस गरेका छन् । सोमबार रिट निवेदकका तर्फबाट भट्टराई सहित ११ जना वकिलले विपक्षीले उठाएको प्रश्नको जवाफ दिएका छन् । भट्टराईले न्यायालयले संविधान शुन्यतामा जान्छ भनेर परिकल्पना गर्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले गरेको विघटनलाई ‘फुटवल खेल’सँग तुलना गर्दै भट्टराईले भने–‘ग्राउन्ड बाहिर गएर फुटबल खेल्नु भएन ।’ प्रधानमन्त्रीले मैदान बाहिरबाट गोल गर्न खोजेको तर्क गर्दै अधिवक्ता भट्टराईले इजलासमा भने-‘मैदान बाहिरबाट गोल गरेको अर्थ छैन भनेर अदालतले भन्नुपर्छ ।’

शेरबहादुर देउवाले गरेको विघटनको मुद्दामा ‘संकटकालमा पनि निर्वाचन हुन्छ’ भनेर अदालतले आदेश गरेको तर, निर्वाचन हुन नसकेको उनले बताए । भट्टराइले भने–‘अदालतले आदेश गर्दा पनि निर्वाचन हुन नसकेको अवस्था छ ।’

संविधान पुनस्र्थापना नभएमा र निर्वाचन समेत नहुने अवस्था आएमा संविधानको भविष्य नै जोखिममा पर्ने भट्टराईले जिकिर गरे । संविधानलाई शुन्यतामा जानबाट रोक्न प्रतिनिधिसभा पुनस्थापनाको विकल्प नभएको भट्टराइले दाबी गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्