शिक्षक हत्याको विरुद्ध विप्लव सहित ४२ जनाविरुद्ध मुद्धा दायर



मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका-१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको चन्दा नदिएको निहुँमा विप्लव समूहका छ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट नै उठाएर जंगलमा लगेर मङ्सिर २३ गते हत्या गरेका थिए ।

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धान पश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो । सो मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता भएको हो ।

शिक्षक हत्या आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डी.बी. सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेको थियो । संखुवासभा मादी नगरपालिका ४ का ३५ वर्षीय धनबहादुर विक, कपिलवस्तु शिवराज नगरपालिका-९ का ५३ वर्षीय विप्लव भनिने नेत्रविक्रम चन्द, रोल्पा थवाङ गाउँपालिका-१ का ५२ वर्षीय विशम भन्ने सन्तोष बूढामगर, कालिकोटका नरहरीनाथ गाउँपालिका-६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), जाजरकोटका ४२ वर्षीय दीपक चलाउनेविरुद्ध अपहरण र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्