काँग्रेस वरिष्ठ नेता पौडेल समूहद्वारा जिल्ला सभापतिहरूको भेला स्थगित



काठमाडौं। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला स्थगित गरेको छ। केन्द्रीय कार्यसमितिको बैठक बुधबारलाई बोलाइएपछि सोही दिन राखिएको भेला स्थगित गरिएको हो।

काँग्रेसले फागुन ७–१० सम्म केन्द्रीय महाधिवेशन गर्ने पूर्वनिर्धारित मिति आइसक्दा पनि अर्को तालिका तोक्न नसकिरहेका बेला पौडेल पक्षले नेतृत्वलाई दबाब दिने रणनीति अनुसार भेला बोलाएको थियो।

अब आफूहरुको सरोकार केन्द्रीय समितिमा राखिने र त्यहाँ सुनुवाइ नभए फेरि भेला बोलाइने पौडेल पक्षीय जिल्ला सभापति मधु आचार्यले बताए। कान्तिपुरमा खबर छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्