फागुन ४ , काठमाडौँ।आर आर क्याम्पसमा सरस्वति पुजा गर्न गएका बिद्यार्थीमाथि आक्रमण भएकाे छ । सरस्वती पुजाको दिन आर आर क्याम्पसले गरेको सरस्वती पुजा कार्यक्रमको अवसरमा अराजक झुन्डहरुले अनेरास्ववियू बिद्यार्थी नेताहरूमाथी साङघातिक आक्रमण गरेका हुन् ।
सभ्य र मर्यादित तवरले भएकाे उक्त कार्यक्रम अराजक झुण्ड हरुको अखडा बन्नपुगेको छ। घटना के कति कारणले घटाइएको हाे त्यस विषयमा छानबिन हुने क्याम्पस प्रशासनले जनाएको छ। आक्रमणमा परि अनेरास्ववियू आर आर का बिधार्थी नेता दिलिप खड्का ,विशाल रिजाल,दिपक बस्नेत,मनिस बस्नेत लगायत नेतामाथी अराजक झुन्डहरुले हातहतियार सहित आक्रमण गरेका छ्न ।
आक्रमण बाट गम्भीर घाइते पूजा गर्न गएका केही बिद्यार्थी सहित अनेरास्ववियू प्रचण्ड माधव पक्षधर विद्यार्थी नेताहरु गम्भीर घाइते भएका प्रशासनले प्रशासनले बताएको छ। कुटपिट गर्ने ओली पक्षधर अराजक गतिविधि झुण्ड हरू रहेका हुनसक्ने प्रशासनले बताएको हाे।आक्रमणबाट घाइतेहरुको शरीरका विभिन्न भागमा गम्भीर चोट पुगेको छ। उनीहरुको काठमाडौँ मोडेल हस्पिटलमा उपचार भैरहेको प्रशासनले बताएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।