काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राज्य र संघीयताको छिनोफाने गर्ने जिम्मा जनतालाई दिनुपर्ने बताएका छन् । प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले प्रधानमन्त्री केपी ओली होलिवाइन खान पनि तयार रहेकाले हिन्दुराज्य घोषणा गर्ने कुरा कल्पना गर्न नसकिने बताए ।
उनले धार्मिक स्वतन्त्रता नै कांग्रेसले चाहेको भन्दै यसका पक्षमा कांग्रेसले आउने अधिवेशनबाट टुङ्गयाउने बताए । महामन्त्री कोइरालाले कांग्रेसको महासमिति बैठकले पनि यसअगाडी हिन्दु राज्य भनिसकेको कुरा स्मरण गराउँदै अधिवेशनबाट निर्णय गरेर पार्टी अघि बढ्ने उल्लेख गरे ।
ओलीले गरेको संसद विघट विरुद्धको आन्दोलन कांग्रेसले एक्लैले गर्ने भन्दै कम्युनिष्टसँग सहकार्य गरेर सयुक्त आन्दोलन गर्ने पक्षमा नरहेको उनले स्पष्ट पारे । त्यस्तै घोराही ३ गोग्लीमा ३ सय सैयाको सञ्जिनी अस्पतालको शिलन्यास गर्दै नेता कोइरालाले कम्युनिष्टको फुटले जनतामा निराशामा थपेको र यो बेला कांग्रेसलाई एकढिक्का बनाएर लैजानुको विकल्प नरहेको बताए ।
उनले प्रदेश सरकारमा कांग्रेस अविश्वास प्रस्तावको पक्षमा रहेको तर, प्रदेश सरकार गठनमा कांग्रेस सहभागी हुन नहुने आफ्नो व्यक्तिगत बिचार रहेको सुनाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।