सैघाली खबर
दाङ,३०पुस । समय निकै महत्व मानिने काठे पीङ विस्तारै हराउँदै जान थालेको छ । गाउँमा तीज,दशै तिहार,माघी चैते दशैका अबसरमा रमाईलो गर्न खेलिने चर्र्खेपीङ हराउँदै गएको हो । पीङ बनाउँन प्रयोग गरिने काठ, दक्ष जनशक्तिको अभाव र नयाँ नयाँ विद्युतीय चर्र्खेपीङ बजारमा आएपछि काठेपीङ लोप हुदै सर्वसाधारण बताउँछन् । नेपाली मौलिक परम्परा संग जोडिएको काठेपीङ संरक्षण नहुदा लोप भएको सैघाका लुमाकान्त बुढाथोकीले वताउनु भयो ।
काठेपीङको संंरक्षण गर्न यसपालीको माघीमा बाह्रकुने मेलामा काठेपीङ सैघाका लुमाकान्त बुढाथोकीले उपलब्ध गराउनु भएको हो ।मेलामा आउँने सर्वसाधारणलाई पीङका बारेमा जानकारी दिने हराउदै गरेको मौलीक परम्परालाइ जोगाृउने उद्धेश्यका साथ काठेपीङ मेलामा राखीएको ब्यवस्थापन समीतीको भनाइ छ। .
पहिले पहिले टोल टोल गाउँ ÷ गाउँमा पीङ हाल्ने चलन थियो आज भोलि भने हरायो बढाथोकीले भन्नुभयो । मेलामा आउने तीर्थालुका लागी पीङ चड्नका लागी एक सय रुपैयाँको टिकटको व्यवस्था समेत गरेको भनाई छ।
नयाँ पुस्ता काठेपीङका बारेमा जानकार नभएको वताउँदै बुढाथोकीले त्यसलाई बचाउँन पनि दहमेलामा पीङ ल्याएर आएको बताउनु हुन्छ । तिज,दशै तिहार माघी चैते दशै जस्ता चाडपर्वमा पिङ खेलेर एक आपसमा रमाईलो गर्ने प्रचलन थियो त्यो पनि हरायो बुढाथोकीले थप्नुभयो ।
पिङ खेल्ने रहर मात्र भएर भएन, पिङ हाल्ने जनशक्तिको समेत अभाब छ । सामुदायिक वनहरुले पनि काठ काट्न नदिदा पनि काठेपिङ लोप भएको उहाँको भनाई छ ।
पछिल्लो पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प खोज्दा पिङजस्तो मौलिक परम्परा समेत ओझेलमा परेको बुढाथोकीले वताउनुभयो । दशैँ र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई चर्खे पिङ बनाउँने सीप नहुदा पनि समस्या भएको बताउँनुभयो । त्यसको संरक्षणका लागी सबै लाग्नु पर्ने बताँउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।