कृषि ज्ञान केन्द्र कपिलवस्तु द्वारा हरित स्वयंसेवकहरुकाे अन्तरक्रिया सम्पन्न



धनी राम काेरी
फागुन ५ , कपिलवस्तु। कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा कृषि ज्ञान केन्द्र कपिलवस्तु द्वारा हरित स्वयंसेवकहरुकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र कपिलवस्तु का बाली संरक्षण अधिकृत (फाेकल पर्सन) सत्यराम हरिजन ले हरित स्वयंसेवकहरुले के कसरी काम गर्नु पर्छ अनि के कस्तो अधिकार रहेको छ भन्ने विषयवस्तु काे बारेमा विस्तारित रुपमा प्रकाश पर्नु भयो ।

प्रमुख अतिथि बृज माेहन चाैधरी ले सबै हरित स्वयंसेवकहरुलाई निरन्तर रुपमा काम गर्न काे लागि अनुरोध समेत गर्नु भयो । अनि कसरी काम गर्नु कुनै नयाँ तरिकाबाट खेतीपाती गर्न काे लागि भन्नू भएको छ ।

कपिलवस्तु जिल्ला भित्र का सबै नगरपालिका र गाउपालिका का हरित स्वयंसेवकहरु काे सहभागीता अन्तरक्रिया सम्पन्न भएको छ ।

हरित स्वयंसेवकहरुकाे अन्तरक्रिया कार्यक्रम मा
कार्यक्रम का प्रमुख भीमनाथ शर्मा , प्रमुख अतिथि बृज माेहन चाैधरी , अतिथि शिव पुजन गुप्ता ,सत्यराम हरिजन , गंगाराम चाैधरी , लवकुश प्रसाद चाैधरी , बासुदेव पाैडेल र हरित स्वयंसेवकहरुकाे उपस्थिति रहेकाे थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्