ताैलिहवामा स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता तालिम सम्पन्न



धनी राम काेरी
फागुन ५,  कपिलवस्तु। कपिलवस्तु  जिल्ला काे सदरमुकाम तिलाैराकाेट हाेटल मा जीविकोपार्जन तथा वातावरण सुधार द्वारा उत्थानशीलता सवलीकरण (SECURE) परियोजना अन्तर्गत २ दिने समूह स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ ।

२ दिने तालिममा वित्तीय सेवा भने काे के हाे ? , वित्तीय साक्षरता काे परिचय , अर्थ , महत्त्व , अाैपचारिक तथा अनाैपचारिक वित्तीय सेवा प्रदायकहरु काे मुख्य फाइदा , बेफाइदा , वित्तीय लक्ष्य निर्धारण र बचत विषयवस्तुहरु मा छलफल भएको सामाजिक परिचालक प्रीति गुप्ताले जानकारी दिनु भयो ।

समूह स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम काेअायाेजना दलित सामाजिक विकास केन्द्र  तथा युनाइटेड मिसन टु नेपालकाे अर्थिक सहयोग मा तालिम सम्पन्न भएको छ ।तालिममा सहजकर्ता प्रीति गुप्ता लाई लग्गन प्रसाद हरिजन र पवन कुमार यादवले तालिमको सहजिकरण गर्नु भएको ।२ दिने समूह स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम मा २३ जना समूह स्वयंसेवकहरू काे तालिममा सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्