आकर्षित बन्दै सफ्टवेयर डेभलपमेन्ट कम्पनि टेकवेब नेपालप्रति युवा पुस्ता



फागुन ५ , काठमाण्डाैं ।पछिल्लो समय युवा पुस्ता सफ्टवेयर डेभलपमेन्ट कम्पनि टेकवेब नेपालप्रति आकर्षित बनेका छन्। अहिले  पछिल्लो समय पढेलेखेका युवाहरु विदेश पलायन हुने सस्कार जस्तै बनेकै  समयमा टेकवेब नेपालप्रति आकर्षित बनेका हुन्। ।पढाई सकिने बितिकै कुन देश जाने भनेर यूवापुस्ता बीच होड नै चल्ने गरेको छ ।  तर यहि बीच केहि यस्ता यूवाहरु पनि छन् जसले आफ्नो पढाई,सिपलाई स्वदेशमै उपयोग गरिरहेकाछन् । यसको गतिलो उदाहरण हो “टेक वेब नेपाल” | केहि युवाहरु जसले पढाई पुरा हुने बित्तिकै सफ्टवेयर डेभलपमेन्ट कम्पनि “टेक वेव नेपाल” को स्हथापना गरे र छोटो समयमै धेरै नेपालीहरुको विश्रुवास जिती सकेका छन् ।

अमृत थापा र बिज्ञान पाठक जसले नेपालमै केहि गरौ भन्ने योजना बनाए, जस पश्चात “टेक वेब नेपाल” को जन्म भयो । यतिबेला टेक वेव नेपालमा अनुज बूढा मगर, सन्तोष पौडेल, र रंजित जंग कुँवर पनि संगै जोडिएका छन् । अझ थुप्रै युवाहरु पनि जोडिने क्रममा छन् ।टेक वेब नेपालले सफ्टवेयर डेभलपमेन्ट, एप डेभलपमेन्ट, वेव डेभलपमेण्ट, वेब होस्टिंग, डिजिटल मार्केटिंग, ग्राफिक्स डिजाइन,आई.टि कन्सल्टेन्ट, फेसबुक बुस्टिंग, युटुब बुस्टिंग लगायतका कामहरु गर्दै आएका छन् ।

युवा पुस्तालाई स्वदेशमै केहि गरौ भन्ने शन्देश दिनलाई “टेक वेव नेपाल” को स्थापना गरेको बताउनुहुन्छ टेक वेब नेपालका को-फाउण्डर बिज्ञान पाठक  यसरी छोटो समयमै यति धेरै बिस्वाश जितिसकेका टेक वेब नेपाल अब अझ झन् विश्वासनीय र बिस्तृत भएर आउने बताउनुहुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्