बाह्र कुनेमा बृहत साँस्कृतिक धमाका हुने



सैघाली खबर,
दाङ ३० पुस।

बराह क्षेत्र संरक्षण तथा संम्बर्धन धार्मिक समितिको आयोजना एवं ब्राण्डरुट ईन्टरटेनमेन्टको सहकार्यमा बहृत सांस्कृतिक धमाका २०७४ आयोजना गरिने भएको छ ।

यस क्षेत्रको कला संस्कृतिको विकास गर्ने उदेश्यका साथ साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको संयोजक महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

साँस्कृतिक कार्यक्रमका लागि लोक दोहरी गायिका भुमिका गिरी, भागिरथ चलाउँने, सरस्वती लामा, बालचन्द्र बराल, रिना थापा मगर,आरुसी मगर,चन्दा दाहाल, सन्धा पौड्याल, करिस्मा रसाईली रोषण रतगैँया, गिनीज बुक रेकर्ड डिजे देवाङ सेर्पा आउँने कार्यक्रम रहेको संयोजक बुढाथोकीले जानकारी दिनुभयो ।

त्यसका लागी सम्पुर्ण तयारी भएको वताउँदै भोली १० बजेदेखि सांस्कृतिक कार्यक्रम संचालन गरिने बुढाथोकीले जानकारी दिनुभयो । सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकारलाई विशेष प्राथमिकता दिने उहाँले वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्