कैलालीमा ट्रकले माेटरसाइकल ठक्कर दिदा १ जनाकाे घटना स्थलमै मृत्युु



कैलाली।   जिल्लाको लम्की चुहा १० चुहामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा १ जनाको घटना स्थलमै मृत्युु भएकाे छ । पुर्वबाट पश्चिम जादै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले अस्थायी नम्बरको लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ ।मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका वडा नंण ४ बलिया बस्ने दिनेश चौधरीको अस्पताल लिदै गर्दा लम्की लालरत्न अस्पतालमा मृत्यु भएको छ ।

घाइते हुनेमा कैलालीको जानकी गाउँपालिका वडा १ तोरयापुरमा अन्दाजी १६ वर्षीया सन्ध्या चौधरी घाइते भएको र उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा रेफर गरिएकाे इलाका प्रहरी लम्किले बताएको छ।

ट्रक चालक रामसिंह ठग्गुन्ना महेन्द्रनगरको रहेको बताइएको छ । ट्रक इलाका प्रहरी कार्यलय बाैनिया नियन्त्रणमा लिएकाे बताइएकाे छ।


 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्