जनता समाजवादी पार्टी कपिलवस्तु का उपाध्यक्ष पुरीलाई मृत शाेक



कपिलवस्तु , ५ फागुन
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्ला समिति का उपाध्यक्ष रामनिवास पुरीलाई मातृ शोक परेको छ । पुरीकी आमा माधुरी गोसाईको बुधबार ६७ वर्षको उमेरमा निधन भएको हो ।

गोसाईको निधन प्रति जनता समाजवादी पार्टी कपिलवस्तुले शोक प्रकट गरेको छ । जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले एक शोक विज्ञप्ति जारी गर्दै उहाँको निधन प्रति समवेदना प्रकट गर्नुभएको हो । स्वर्गीय गोसाई प्रति श्रद्धान्जली प्रकट गर्दै मातृ शोक पर्ने जिल्ला उपाध्यक्ष पुरी लगाएत उहाँको परिवारजनमा समवेदना प्रकट गरिएको जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्