Banner Second

आगामी तीन दिनको मौसम पूर्वानुमान

By Thaha - Online

February 18, 2021

फाल्गुन ०६ गते (विहीबार)

दिउँसो : प्रदेश न २ र प्रदेश न ३ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: प्रदेश नं १ मा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

फाल्गुन ०७ गते (शुक्रबार)

दिउँसो : प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

राती: प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

फाल्गुन ०८ गते (आइतबार)

दिउँसो : प्रदेश न १, वागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।